काठमाडौँ, २९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गेटा मेडिकल कलेजका बारेमा सुदूरपश्चिम प्रदेश क्षेत्रका पूर्व तथा बहालवाला जनप्रतिनिधि, विषय विशेषज्ञसहित मुख्यसचिव र शिक्षा तथा स्वास्थ्यसचिवसँग छलफल गरेका छन् । आज बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो ‘सहिद दशरथचन्द राष्ट्रिय विश्वविद्यालय’का रूपमा विकास गर्ने गरी सरकारले निर्णय गर्ने बताए ।…