Banner News

उपराष्ट्रपति निर्वाचन : ४०९ मत खस्यो



काठमाडौँ, ३ चैत । सङ्घीय संसद् नयाँबानेश्वरमा सुरु भएको उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत बिहान ११ः४५ बजेसम्मको मतदानमा ४ सय ९ मत खसेको छ ।

सो समयसम्म सङ्घतर्फ १५८ र प्रदेशतर्फ २ सय ५८ मत खसेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्।

उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा मतदान सुरु भएको हो । निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य, जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन् ।