नेपालको पहिलो गभर्नर जबराको निधन

काठमाडौँ, २२ माघ । नेपालका अग्रणी अर्थविद् एवं नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ । पार्किन्सन्स, मधुमेय, उच्च रक्तचापलगायत समस्या बढेपछि चार दिन अघि अस्पताल भर्ना गरिएका राणाको निधन भएको उहाँका ज्वाई एवं कांग्रेस नेता सुनील थापाले जानकारी दिनुभयो । राणाको उपचारका क्रममा आइतबार बिहान नर्भिक अस्पतालमा…