डेढ महिनामा १५/१६ विधेयक अघि बढाउँछु: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, २३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डेढ महिनाभित्र १५/१६ वटा विधेयक संसदबाट अघि बढाउँने बताएका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दलका प्रमुख सचेतकहरूसँग छलफल सुरु गर्दै उनले जनसरोकारका विषयलाई आफूले प्राथामिकता दिएर अघि बढाउने जानकारी गराएका थिए । नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक प्रकाश ज्वालाका अनुसार आफूहरूले समिति नबनेको समयमा पनि…