काठमाडौँ, २३ माघ । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट देशको चौंथो शक्तिसहित राष्ट्रिय दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी भएको ४२औं दिनमा नै सरकारबाट बाहिरिएको छ । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्डले ११ पुसमा उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारी दिँदै रास्वपालाई सरकारमा सहभागी गराएका थिए । त्यसबखत रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको…