काठमाडौँ, १० माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज बालुवाटारमा प्रमुख दुई दलका नेताबीच भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । पछिल्लो समय एमालेबाहेक वाम दलको एकीकरणको प्रक्रिया अघि बढेको विषय चर्चामा छ । यस्तै, राष्ट्रपति पदको निर्वाचनको विषय…