सभामुख र उपसभामुखले पार्टीगत रूपमा काम गर्नुहुँदैन : कृष्णगोपाल श्रेष्ठ

काठमाडौँ, ७ माघ । नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले सभामुख र उपसभामुखले पदीय मर्यादाबाट विचलित भएर काम गर्न नहुने बताएका छन् । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सभामुख र उपसभामुखले पार्टीगत रूपमा काम गर्न नहुने बताएका हुन् । उनले भने, ‘दलीय व्यवस्थामा दल बलियो हुनुपर्छ । तर सभामुखजस्तो गरिमामय पदमा बसेर कसैको दल फुटाउने…