काठमाडौँ, १० माघ । सत्ताबाट बाहिर हुत्तिएको कांग्रेस यतिबेला राष्ट्रपतिको भाग पाउने आशामा लागिपरेको छ। अर्कोतिर कांग्रेसले राष्ट्रपति निर्वाचन जुनसुकै हालतमा समयमै हुनुपर्ने पनि माग गरेको छ। यसै सन्दर्भमा सोमबार बसेको कांग्रेसको पदाधिकारी बैठकले राष्ट्रपतिको निर्वाचन समयमै गरिनुपर्ने निष्कर्ष निकालेको छ। सत्तासाझेदार दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने राष्ट्रपतिको विषयमा कसैले आश नगर्न भन्दै…