काठमाडौँ, २३ मंसिर । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि अद्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ । पार्टी केन्द्रीय कार्यालयमा सङ्गठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुङ्गेलसहितको टिम प्रतिनिधिहरूको विवरण अद्यावधिक गर्ने कार्यमा निरन्तर जुटेका छन् । विभागका प्रमुख अधिकारीले महाधिवेशनमा आउने मध्ये २ हजार १ सय ५४ जना निर्वाचित…