काठमाडौँ, २० साउन । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राप्ती र बबई नदीमा जलस्तरले खतराको तह पार गरेको भन्दै जोखिमयुक्त स्थानहरूमा सुरक्षाकर्मीहरू परिचालन गर्न निर्देशन दिएका छन् । नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको र भेरी र बबई नदीमा जलस्तर खतराको तह भन्दा माथि गएकाले जनधनको क्षति हुन नदिन सुरक्षाकर्मीहरू परिचालन गर्न…