काठमाडौँ, २१ कार्तिक । नेकपा एकीकृत समाजवादी पार्टीले जुम्ला र कर्णाली प्रदेश कमिटीका विभिन्न जिम्मेवारीमा रहेका नेताहरुलाई निष्काशनको घोषणा गरेको छ । पार्टी महासचिव डा वेदुराम भुसालले अज एक विज्ञप्ति जारी गर्दै देवीलाल थापा, आदीप्रसाद न्यौपाने, नन्दराम रोकाया, रतनबहादुर रोकाया र धर्मराज रावललाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको हो । प्रतिनिधिसभा र प्रदेशसभा…