भक्तपुर घरदैलो कार्यक्रममा ५१ जना कांग्रेसका युवाहरु एमालेमा प्रवेश

भक्तपुर, १९ कार्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनको घरदैलो गर्ने क्रममा नेपाली कांग्रेसका जगन्नाथ आचार्यले आफ्नो श्रीमतीको नाममा ल्याएको सार्वजनिक जग्गा रहेको स्थानमा एमालेका उम्मेदवारहरुले घरदैलो कार्यक्रम गरेका छन् । पूर्वभुमी सुधारमन्त्री आचार्यले आफु मन्त्री भएको समयमा मध्यपुर थिमी नगरपालिका वडा नं. ३ को सागबारीमा रहेको हनुमन्ते नदीको जग्गा…