चीनले थाल्यो बेलिब्रिज निर्माण: दसैँअघि नै यातायात सुचारु गर्ने

काठमाडौँ, ६ साउन । नेपाल–चीन जोड्ने रसुवागढीको मितेरी पुल बाढीले बगाएपछि यतिबेला रसुवागढी नाकाबाट हुने आपूर्ति ठप्प छ । नेपालस्थित चिनियाँ राजदूतावासले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत अस्थायी पुल निर्माण भइरहेको जानकारी गराएको गराएको छ । दसैँअघि नै यातायात सुचारु गर्ने लक्ष्यसहित अस्थायी बेलिब्रिज निर्माण थालेको चिनियाँ राजदूतावासले जनाएको छ । जसले बेलिब्रिज बन्नेमा आशा जगाएको छ…