कुनै पनि समुदाय विकासको मूलधारबाट पछाडि नपरोस् भन्ने सरकारको प्रमुख उद्देश्य हो : मन्त्री यादव

इटहरी, ३ साउन । संघीय खानेपानीमन्त्री प्रदीप यादवले नेपालमा रहेका कुनै पनि समुदाय विकासको मूलधारबाट पछाडि नपरोस् भन्ने सरकारको स्पष्ट एवं प्रमुख उद्देश्य रहेको बताउनु भएको छ । आज यहाँ स्थित “झुम्का सहरी खानेपानी तथा सरसफाइ आयोजना” को उद्घाटन समारोहलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले सरकारको प्रयास, खानेपानी क्षेत्रलाई सामाजिक न्याय र समावेशी विकाससँग जोड्दै…