न्यायपालिकाले प्रधानन्यायाधीश कहिले पाउने ?

काठमाडौँ, ११ असोज । गत फागुनदेखि कायममुकायम (कामु) को जम्मेवारीमा चलेको न्यायपालिकाले आगामी मंसिरसम्म प्रधानन्यायाधीश नपाउने देखिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्मा महाभियोग सिफारिस दर्ता गरेपछि न्यायालयको जिम्मेवारी कामु प्रधानन्यायाधीशमा गएको थियो। महाभियोगकै कारण वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीले कामु प्रधानन्यायाधीशको जम्मेवारी लिने मौका पाएका हुन्। कार्कीको वही असोज १६ मा उमेर हदका कारण कार्यकाल सकिँदैछ।…