चितवन, २४ भदौ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन ठिक छैन भन्नु कांग्रेसलाई सिध्याउने षड्यन्त्र भएको आरोप लगाएका छन् । आज १०९औं बीपी जयन्तीको अवसरमा चितवनमा बोल्दै प्रधानमन्त्री देउवाले गठबन्धनलाई बचाएर लैजान आवश्यक रहेको समेत बताए । उनले भने, ’गठबन्धनलाई बचाएर लैजान आवश्यक छ । गठबन्धन ठिक छैन भन्नु पार्टीलाई सिध्याउने षड्यन्त्र…