कालो धनलाई सेतो बनाउन गभर्नरमाथि बारम्बार हमला : उपमहासचिव ज्ञवाली

काठमाडौँ, २ साउन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि बारम्बार हमला भइरहेको बताएका छन् । आज काठमाडौँमा नेकपा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको उपभोक्ताको दृष्टिमा गठबन्धन सरकारको एक वर्ष विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले कालो धनलाई सेतो बनाउन अहिले पनि गभर्नर महाप्रसाद अधिकारीमाथि लाञ्छना लगाइएको…