काठमाडौँ, १ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका राजनीतिक दलसँग तालमेल गरी अघि बढ्ने स्पष्ट पारेका छन्। पार्टी केन्द्रीय कार्यालयमा शनिबार बसेको केन्द्रीय समितिको बैठकमा प्रधानमन्त्रीसमेत रहेका देउवाले आगामी निर्वाचनमा तालमेलको विकल्प नभएको स्पष्ट पारेका हुन्। केन्द्रीय समितिको बैठक सोमबारदेखि जारी छ। माओवादी केन्द्र र नेकपा एकीकृत…