काठमाडौँ, २६ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अन्तर पार्टी निर्देशन (अपानि–४) जारी गरेका छन् । अध्यक्ष ओलीले सचिवालय र केन्द्रीय कमिटी बैठकको निर्णयका आधारमा स्थानीय तहको निर्वाचनको समिक्षासहित आगामी निर्वाचनमा खेल्नुपर्ने भूमिकालाई बुँदागत रुपमा समेटेर (अपानि–४) जारी गरेका हुन् । ‘हाम्रो पार्टी विरुद्धको चौतर्फी घेराबन्दी, सत्तापक्षीय पाँच दलको गठबन्धनमात्रै होइन, कतिपय ठाउँमा…