मूल्यवृद्धिविरुद्ध एमाले आन्दोलित

काठमाडौँ, १० असार । पेट्रोलियम पदार्थ र खाद्यान्नमा चर्को मूल्यवृद्धि भएपछि प्रमुख विपक्षी नेकपा एमालेले सडक र सदनबाट आन्दोलन गर्ने भएको छ। मूल्यवृद्धिले सर्वसाधारणको घरमा चुलो बल्ने अवस्था नभएको र जनतालाई पर्न गएको मर्काप्रति सरकार मौन बसेको भन्दै एमालेले सदन र सडकबाट आन्दोलन गर्ने भएको हो। ‘अस्वाभाविक मूल्यवृद्धि, मल अभाव, पुस्तक अभावजस्ता जनसरोकारका मुद्दामा सरकार…