काठमाडौँ, ११ असार । संसदीय दलको बैठक बोलाउन माग गर्दै लिखित निवेदन दिएका नेकपा (एकीकृत समाजवादी)का ६ नेताले हस्ताक्षर फिर्ता लिएका छन् । आज काठमाडौँमा बसेको एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसहित ६ सांसदले आफूहरू भ्रममा परेर यसअघि हस्ताक्षर गरेको भन्दै अहिले हस्ताक्षर फिर्ता लिएको लिखित जानकारी गराएका…