संघीयताको वर्तमान स्वरूप सही छैन : अध्यक्ष थापा

सुर्खेत, १७ असार । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीयताको वर्तमान स्वरुप सही नभएको बताएका छन् । आज सुर्खेतमा पार्टीको अन्तक्रिया कार्यक्रममा सहभागी हुन आएका अध्यक्ष थापाले वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै वर्तमान अवस्थाको संघीयता सही नभएको र परिवर्तन गर्नुपर्ने बताएका छन् । प्रदेश सरकारलाई खारेज गर्दै स्थानीय तहलाई बलियो बनाउँनु पर्ने उनको तर्क छ ।…