काठमाडौँ, १७ जेठ । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले आर्थिक वर्ष २०७९/८० को बजेट नयाँ दृष्टिकोण र नयाँ दृढताको प्रस्थान विन्दु भएको उल्लेख गर्दै बजेटले निजी क्षेत्रलार्य विकासको इन्जिनको रुपमा स्वीकार गरेको दावी गर्नुभएको छ । बजेटमाथि मंगलबारदेखि प्रतिनिधि सभामा सुरु भएको छलफलमा भाग लिँदै सांसद चौधरीले बजेटले निजी क्षेत्रलाई विकासको इन्जिनको रुपमा प्रष्टसँग स्वीकारेको…