काठमाडौँ, १३ जेठ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नवनिर्वाचित मेयर बालेन साहसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् । अध्यक्ष नेपालले लोकप्रिय मतसहित काठमाडौँको मेयरमा निर्वाचित साहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि दिएका छन् ।नेपालले जारी गरेको सन्देशमा भनिएको छ, ‘यहाँले सार्वजनिक रूपमा प्रतिबद्धता गरेअनुरूप काठमाडौँलाई उत्कृष्ट सहर बनाउनेलगायतका सबै असल…