काठमाडौँ, २० जेठ । प्रतिनिधिसभाको बहुमतले विनियोजन विधेयक २०७९/८० पारित गरेको छ । प्रतिनिधिसभामा जारी बजेटको नीति तथा कार्यक्रम, विनियोजन बजेटको विधेयक शुक्रबार बसेको सभाको बहुमतले पारित गरेको हो । योसँगै आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पास भएको छ । यहिँ जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि अनुमानित आय व्ययसहितको…