अध्यक्ष नेपाललाई प्रधानमन्त्री बनाएर बाम गठबन्धन ?

काठमाडौँ, २० जेठ । प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले सार्वजनिक रूपमा ‘मैले चाहे भने सत्ता गठबन्धन एक सातामा टुटाइदिन्छु’ भनेको करिब एक महिनापछि एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने गरी वाम एकताको प्रयास भएको छ। एकीकृत समाजवादीका अध्यक्ष नेपालले ओलीप्रति संकेत गर्दै तत्काल वाम एकता सम्भव छैन, अहङ्कारीले गठबन्धन तोड्न…