काठमाडौँ, १८ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा फिर्ताको निवेदन दिएकी छन् । उनले आजकै मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ता गरेकी हुन् । उनी निकट स्रोतका अनुसार पूर्वराष्ट्रपतिले पाउने सबै सेवा सुविधा फिर्ताको निवेदन गृह मन्त्रालयलाई पठाइएको छ । आजकै मितिबाट सेवा सुविधा पनि फिर्ता गर्दैछौं । भण्डारीले गत १४ असारमा औपचारिक रुपमा नेकपा…