काठमाडौँ, १७ जेठ । सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई दक्षिण एसियामै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता भएको अग्रणी मुलुकका रुपमा विकसित गर्न चाहेको बताएका छन् । नेपाल टेलिभिजनको ३७औँ वार्षिकोत्सवका अवसरमा घोषित पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा सोमबार उनले त्यसका लागि सरोकारवाला सबैले अग्रसरता लिनुपर्ने र सबैको सहयोगको अपेक्षासमेत गरे ।…