काठमाडौँ, १७ जेठ । नेकपा एमालेका नेता शेरबहादुर तामाङले स्वास्थ्य बीमा पूर्ण निःशुल्क गर्न माग गर्नुभएको छ । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहनुभएका नेता तामाङले बजेटपछिको छलफलमा बोल्दै स्वास्थ्य बीमा निःशुल्क गरिदिन माग गर्नुभयो । मृगौला प्रत्यारोपण निःशुल्क गर्ने योजनाको तारिफ गर्दै १० करोड रुपैयाँ मात्रै बजेट विनियोजन गरिएकोमा प्रश्न उहाँले गर्नुभयो ।…