पूर्वराज्यमन्त्री झाको निधन

काठमाडौँ, ११ बैशाख । पूर्वराज्यमन्त्री एवं लोकतन्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेशसभा सदस्य डिम्पलकुमारी झाको निधन भएको छ । झाको उपचारका क्रममा आइतबार राति काठमाडौँमा निधन भएको लोसपाका नेता सुरेन्द्रकुमार झाले जानकारी दिनुभयो । डिम्पल पछिल्लो दुई वर्षयता क्यान्सरसँग जुधिरहनु भएको थियो । पूर्वसंविधानसभा सदस्यसमेत रहनुभएको उहा मधेस प्रदेश सरकारमा भौतिक पूर्वाधार राज्यमन्त्री पनि बन्नूभएको थियो ।…