भरतपुर महानगरको मेयरमा उम्मेदवारी दिने कांग्रेसको असन्तुष्ट पक्षको तयारी

चितवन, १० बैशाख । चितवनमा नेपाली कांग्रेसको एक समूहले भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने तयारी गरेको छ । भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठवन्धनका तर्फबाट माओवादी केन्द्रको उम्मेदवार कायम हुने भएपछि कांग्रेसको एक पक्ष असन्तुष्ट छ । कांग्रेसको जिल्ला पार्टी कार्यालय कमलनगर नारायणगढमा शनिबार भएको भेलाले मेयरमा उम्मेदवारी दिने निष्कर्ष निकालेको तरुण दल चितवनका पूर्वअध्यक्षसमेत रहेका…