काठमाडौँ, १५ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल अस्वस्थ भएका छन् । केही दिन अघि मात्रै थाइल्याण्डबाट फर्किएका मन्त्री पौडेललाई रुघाखोकी लगायतको समस्या देखिएपछि अस्वस्थ भएको उनको सचिवालयले जनाएको छ । अस्वस्थ भएसँगै मन्त्री पौडेल आइतबार वीर अस्पताल भर्ना भएका छन् ।