दैनिक जीवनमा प्रयोगमा आउने बिरुवा रोप्नुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत, १४ असार । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दैनिक जीवनमा प्रयोगमा आउने फलफूल तथा बहुपयोगी बिरुवा रोप्नुपर्ने बताए । आज डिभिजन वन कार्यालय, सुर्खेतले आयोजना गरेको वृहत वृक्षारोपण सप्ताह कार्यक्रमलाई सम्बोधन गर्दै  वृक्षारोपण वातावरण संरक्षण मात्र नभई मानव उपयोगका हिसाबले समेत लाभदायी हुने भएकाले बिरुवा रोप्ने काम देखावटीका लागि नभई हाम्रो जीवनसँग जोडिने गरी प्रयोगमा आउन सक्ने, फल दिने…