एमाले कुनै गठबन्धनको पक्षमा छैन : ईश्वर पोखरेल

चितवन, २१ चैत । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमाले कुनै गठबन्धनको पक्षमा नरहेको बताएका छन् । प्रेस चौतारी नेपाल चितवनले आज बिहान भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले एमाले सरकार ढाल्नेसँग चुनावमा गठबन्धन नगर्ने बताएका हुन् । उनले भने, ‘एमाले नेतृत्वमा भएको कम्युनिष्ट सरकार ढालेर कांग्रेस मूल प्रतिद्वन्द्वी हो उसलाई…