काठमाडौँ, १२ फागुन । देशभर २ सय १३ स्थानीय तह निमित्तकै भरमा चलेका छन्। संघीय मामिला मन्त्रालयले निमित्तको भरमा चलेका स्थानीय तहमा दरबन्दीअनुसार कर्मचारी पठाउन खोज्दा सम्बन्धित नगरपालिका/गाउँपालिकाका प्रमुखहरूले उल्टै कमसेकम असार मसान्तसम्म, त्यो नभए वैशाखसम्म नयाँ कर्मचारी नपठाउन मन्त्रालयलाई दबाब दिने गरेको पाइएको छ। आफ्नो तहमा कम्तीमा वैशाखसम्म निमित्त कर्मचारीकै भरमा स्थानीय तह चलाउन जनप्रतिनिधिले…