बेइजिङ, १३ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले चीनसँग जोडिने रसुवागढी–चिलिमे–जिलोङ–केरुङ २२० केभी प्रसारण लाइन निर्माणको तयारी भइरहेको बताएका छन् । चीनको चच्याङ प्रान्तको निङ्पोमा जारी साङ्हाई सहयोग संगठन (एससीओ) को पाँचौं ऊर्जामन्त्रीस्तरीय बैठकमा उनले नेपालको ऊर्जा क्षेत्रको उपलब्धिबारे चर्चा गरे । भारत र बंगलादेशसँग विद्युत् व्यापार भइरहेको र चीनसँग प्रसारण लाइन निर्माण गरिने विषयमा…