काठमाडौँ उपत्यकामा लागूऔषध दुर्व्यवसनीको बिगबिगी छ : प्रहरी महानिरीक्षक थापा

काठमाडौँ, १२ असार । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दीपक थापाले काठमाडौँ उपत्यकामा लागूऔषध दुर्व्यवसनीको बिगबिगी रहेको बताएका छन् । आज काठमाडौँमा लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले लागूऔषध नियन्त्रणका लागि सबैको ऐक्यबद्धता आवश्यक हुने बताए । उनले भने, ‘काठमाडौँ उपत्यकामा लागुऔषधको बिगबिगी बढिरहेको छ । अहिले काठमाडौँ उपत्यका प्रहरी…