काठमाडौँ, २९ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा तीन नेताबीच एमसीसी र स्थानीय चुनावका साथै संसद बैठकका विषयमा छलफल भएको बताइएको छ । एमसीसी परियोजना बारेको सम्झौतालाई कसरी अगाडि बढाउने विषयमा सत्तारुढ गठबन्धनका दलहरु आ–आफ्नै अडानमा…