काठमाडौँ, १४ माघ । लहान नगरपालिका–१४ बस्तीपुरस्थित खुट्टीखोलामा क्रसर उद्योग सञ्चालन भैरहेको छ। खोलामै सञ्चालित यस क्रसर उद्योगको अभिलेख घरेलु तथा साना उद्योग कार्यालय लहानमा छैन। जिल्ला घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दीपेन्द्रकुमार यादवका अनुसार यो क्रसर उद्योग बिनादर्ता सञ्चालन भैरहेको छ। ‘घरेलु कार्यालयमा दर्ता नै नभएको उद्योगको अनुगमन, नियन्त्रण वा कारबाही मैले गर्न मिल्दैन’,…