काठमाडौँ, २६ माघ । मेलम्ची खानेपानी आगामी चैतभित्रै अस्थायी रूपमा राजधानी पुर्याउने योजनासाथ आयोजनाको मुहान क्षेत्रमा मर्मत सम्भारको काम तीव्र रूपमा हुँदैछ । गत असार १ गतेको बाढी पहिरोले क्षतिग्रस्त मुहान क्षेत्रका संरचनाको मर्मत तथा गेग्य्रान पन्छाउने काम भइरहेको छ । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले मुहानस्थल अम्बाथान मुख्य बाँधस्थलको लेदो सफा गर्ने, अस्थायी बाँध…