काठमाडौँ, २४ माघ । न्यायाधीश नियुक्ति गर्नका लागि आज बोलाइएको न्याय परिषद्को बैठक स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले आजका लागि बैठक बोलाएका थिए तर परिषद्का सदस्य रामप्रसाद भण्डारी अस्वस्थ भई बैठकमा उपस्थित हुन नसकेका हुनाले बैठक स्थगित भएको हो । न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले आज जारी गरेको प्रेस विज्ञप्तिमा आज बोलाइएको परिषद्को बैठकमा सदस्य भण्डारी…