त्रिविका परीक्षामा स्वास्थ्य मापदण्ड पालना भए/नभएको अनुगमन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, ६ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयको परीक्षामा स्वास्थ्यका मापदण्ड पालना भए/नभएकोबारे अनुगमन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार परीक्षामा आवश्यक भौतिक दूरीको पालना, स्यानिटाइजर तथा मास्क प्रयोग भए/नभएको अनुगमन गर्न निर्देशन दिएका हुन्  ।  परीक्षाको अनुगमनपछि कोभिड प्रोटोकल पालना नभएको पाइए केही हप्ता स्थगित गराउन निर्देशन समेत दिएका छन ।…