काठमाडौँ, २ पौष । नेकपा एमालेले केन्द्रीय कार्यालय तीन महिनाभित्र थापाथलीबाट च्यासलमा सार्ने भएको छ । बल्खुमा रहेको एमाले कार्यालय भूकम्पबाट ध्वस्त भएपछि अस्थायी रुपमा धुम्बाराही हुँदै थापाथली सारेको थियो । सो पार्टीले हालको कार्यालय अपर्याप्त भएकाले नयाँ भवन निर्माण नभएसम्म अस्थायी नयाँ प्रबन्ध गर्नैपर्ने अवस्था आएको जनाएको छ । त्यसका लागि तुल्सीलाल स्मृति भवन च्यासलमा केन्द्रीय…