‘माओवादीले सर्वहाराको हितमा काम गर्ने हैसियत राख्दैन’

काठमाडौँ, १३ पौष । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको दोस्रो दिन सुरू भएको बन्द सत्रमा देशभरबाट भेला भएका प्रतिनिधिहरूबीच अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेस गर्न व्यस्त थिए। सोमबार नेकपा माओवादी केन्द्रको महाधिवेशनस्थल प्रज्ञा प्रतिष्ठानबाहिर अध्यक्ष दाहालले पेस गरेको प्रतिवेदन सुनेर ८२ वर्षीय जेष्ठ प्रतिनिधि टेकनाथ न्यौपाने भन्दै थिए, ‘जनवादी केन्द्रीयताको आधारमा चल्नुपर्ने माओवादी पार्टीले बीचमा…