काठमाडौँ, २२ मंसिर । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक भोलि बस्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । आज आफू पक्षीय नेताहरूको बैठक बसेपछि देउवाले केन्द्रीय समितिको बैठक बोलाएका हुन् । बैठक भोलि बिहान ११ बजे बस्नेछ ।