देशव्यापी बनाइँदै विद्युतीय राहदानी

काठमाडौँ, ४ पौष । सरकारले मङ्सिर १ गतेदेखि नेपाल भित्र्याएको विद्युतीय राहदानी वितरणलाई सहज बनाउन देशव्यापी अभियान थालेको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले विद्युतीय राहदानी वितरणका लागि देशव्यापी अभियान थालेको हो । विभागका महानिर्देशक डोरनाथ अर्यालले राहदानी विभागको चारवटा छुट्टाछुट्टै टोली देशका विभिन्न जिल्लामा पुगेर विद्युतीय राहदानी वितरणको अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो । सुरुमा…