काठमाडौँ, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो विजयमा जुलुश ननिकाल्न र माला नलगाइदिन आह्वान गरेका छन् । विजयी भएपछि कार्यकर्ताहरुलाई सम्बोधन गर्दै लिङ्देनले भने, ‘यो आन्तरिक प्रतिस्पर्धा हो, तपाईंहरुले विजय जुलुस निकाल्नु पर्दैन । माला लगाइदिनुपर्दैन ।’ लिङ्देनले विगतमा जे भए पनि आजबाट राप्रपामा गुट अन्त्य हुने दाबी गरे ।…