काठमाडौँ, १० मंसिर । राप्रपा अध्यक्ष कमल थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीको खुलेर प्रशंसा गरेका छन् । आज चितवनको भरतपुरमा जारी एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिँदै थापाले देशलाई संकटबाट बचाउन र जोगाउन ओलीको खाँचो रहेको बताए । राप्रपा अध्यक्ष थापाले ओलीको पहलमा नेपालको राष्ट्रियता अघि बढेको बताउँदै तराईको पृथकतावादी शक्तिलाई अन्त्य…