इजलास नबस्दा सेवाग्राहीको प्रश्न : न्यायाधीशले बन्द गरेको हो कि वकिलले ?

काठमाडौँ, १० कार्तिक । सर्वोच्च अदालतमा मंगलबारका लागि तोकिएका इजलास बस्न नसक्दा सेवाग्राही अलमलमा परे। विभिन्न इजलासमा परेका मुद्दाका पक्ष–विपक्षहरू पुग्दा के भइरहेको छ भन्ने मेसै पाएनन्। मंगलबारका लागि मुद्दाको पेसी तोकिएकाले बराह नगरपालिका सुनसरीबाट आएका माया भुजेललगायत चारजना दिनभर सर्वोच्चमै अल्मलिए। ६७ वर्षीया भुजेल ‘आगो लगाई ज्यान मार्ने उद्योग’ मुद्दामा पेसीको खबर पुगेपछि सोमबार बेलुकी…