नीतिभन्दा कुर्सीको चर्चा

काठमाडौँ, २७ कार्तिक । नेपाली काँग्रेसको १४औँ महाधिवेशनबाट नेतृत्वमा आउन पार्टीका नेताहरूले निर्वाचन सरगर्मी तीव्र बनाए पनि पार्टीले लिने नीतिगत निर्णयका विषयमा अहिलेसम्म बहसको प्रारम्भ हुन सकेको छैन । केन्द्रीय महाधिवेशन आउन एक महिनाभन्दा कम समय बाँकी रहे पनि महाधिवेशन हुँदै निर्वाचनमा जनताका बीचमा जाँदा लिने नीतिगत मुद्दाका विषयमा पार्टीको केन्द्रीय समितिमा छलफल प्रारम्भ नै गरिएको छैन…